मुक्तिक्षेत्र संवाददाता संवादाता: मुक्तिक्षेत्र संवाददाता

कोरोना भाइरस कोभिड १९ को जोखिम मोल्दै आम उपभोक्ताको घर घरमा ग्यास ढुवानी गर्दै आएको एल ,पी ,ग्यास विक्रेता संघ बागलुङले कोरोना खोपको माग गर्दै प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ । बागलुङका प्रमुख अधिकारी शिव कुमार कार्की लाई एलपी ग्यास बिक्रेता संघका अध्यक्ष हरि प्रसाद आचार्यले तत्काल कोरोना भाइरस बिरूद्वको खोप उपलब्ध गराउने ब्यबस्था गरि दिन माग गरेका छन् ।

कोरोना जोखिम मोलेर कोरोना संक्रमित बिरामीको घरमा समेत एलपी ग्यास ढुवानी गर्दा आफुहरू प्रत्यक्ष रूपमा जोखिममा परेको भन्दै कोरोना बिरूद्व खोप लगाइ सुरक्षित रूपमा काम गर्ने वातावरण मिलाइ दिन माग गरेको संघले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कार्कीले बागलुङ जिल्लामा कोरोना भाइस बिरूद्वको खोप लगाउनु पर्ने प्राथमिकतामा ग्यास बिक्रेता पनि पर्ने हुदा आफ्नो तर्फबाट सक्ने पहल गर्ने प्रतिबद्धता जनाएका थिए । एलपी ग्यास बिक्रेता संघले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाइ बागलुङ नगरपालिका राष्ट्रिय उपभोक्ता मन्च ,बागलुङ उद्योग बाणिज्य संघ लाई बोधार्थ दिएका छन् ।

राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले आम उपभोक्ताको घर घरमा चुल्हो सम्म एलपी ग्यास वितरण गर्दै आएको बिक्रेतालाइ कोरोना खोप लगाएर सुरक्षित गर्न माग गरेका छन् । बागलुङ जिल्लामा एलपी ग्यास बिक्रीवितरण गर्ने २५ जना डिलर छन् भने ५० जना भन्दा बढी सह डिलर रहेका छन् ।