देशको पर्यटन क्षेत्रमा समेत ठूलो योगदान पु¥याउँदै आएको होटल तथा रेष्टुरेन्ट व्यबसायी कोरोना भाइरस कोभिड—१९ को कारणले आक्रान्त भएको भन्दै कोरोनाको खोप लगाएर व्यवसाय सञ्चालन गर्न माग गरेका छन् ।
कोरोना भाइरस कोभिड १९ को जोखिम मोल्दै आम उपभोक्तालाई सेवा दिदै आएको बागलुङ होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघले कोरोना खोपको माग गर्दै प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ । बागलुङका प्रमुख अधिकारी शिवकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै बागलुङ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष निलेश राजभण्डारीले तत्काल कोरोना भाइरस विरूद्धको खोप उपलब्ध गराउने व्यवस्था गरिदिन माग गरेका छन् ।
कोरोना जोखिम मोलेर क्वारेन्टाइन सेवा समेत सञ्चालन गरेर सरकारलाई सहयोग गरेको कुरा समेत व्यवसायीले स्मरण गराउँदै अब आउने खोपको प्राथमिकता राखेर सहयोग गर्न माग गरेको अध्यक्ष राजभण्डारीले बताए ।
प्रमुख जिल्ला अधिकारी कार्कीले बागलुङ जिल्लामा कोरोना भाइस विरूद्वको खोप लगाउनु पर्ने प्राथमिकतामा होटल तथा रेष्टुरेन्ट व्यवसायी पनि पर्ने हुँदा आफ्नो तर्फबाट सक्ने पहल गर्ने प्रतिवद्धता जनाएका थिए । बागलुङमा साना ठूला गरी करिब १०० वटा होटल तथा रेष्टुरेन्ट संचालनमा रहेका छन् । बैशाखदेखि जिल्लामा निषेधाज्ञा जारी गरेपछि सबै बन्द रहँदा करिब ५०० जना व्यक्ति रोजगार बिहीन हुन पुगेका छन् ।

संवादाता: मुक्तिक्षेत्र संवाददाता
Recent Comments